प्रधानमन्त्री र दलका प्रमुख सचेतकहरूको छलफल सुरु - Chaitanya News
  • 2026-06-28
  • 16:16:31
  • आइतबार,आषाढ १४, २०८३
  • प्रधानमन्त्री र दलका प्रमुख सचेतकहरूको छलफल सुरु

    प्रधानमन्त्री र दलका प्रमुख सचेतकहरूको छलफल सुरु

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवलगायतसँग विधेयक सम्बन्धि छलफल भइरहेको छ ।

    प्रतिनिधिसभामा रहेका सबै दलका प्रमुख सचेतकलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल केन्द्रित रहेको छ ।