सरकारले ट्रेजरी बिलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने - Chaitanya News
  • 2026-05-01
  • 00:49:47
  • बिहिबार,बैशाख १७, २०८३
  • सरकारले ट्रेजरी बिलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने

    सरकारले ट्रेजरी बिलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने

    काठमाडौं – सरकारले २३ माघमा ट्रेजरी बिलको बोलकबोल मार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

    नेपाल राष्ट्र बैंकले सरकारको आन्तरिक ऋण बोलकबोल गर्दै आएको छ । सोही अनुसार नेपाल राष्ट्र बैंकले सोमबार ७ अर्बको १ सय ८२ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको जनाइएको छ ।

    त्यस्तै, राष्ट्र बैंकले सोमबार नै १४ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याउने तयारी गरेको छ ।

    केन्द्रीय बैंकले २८ दिन अवधिको २ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १० करोड र ३ सय ६४ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्न लागेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।