टर्कीमा ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प - Chaitanya News
  • 2026-06-17
  • 05:52:19
  • बुधबार,आषाढ ०३, २०८३
  • टर्कीमा ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प

    टर्कीमा ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प

    काठमाडौं- टर्कीमा शक्तिशाली भूकम्प गएको छ। सोमबार बिहान ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ।

    दक्षिणपूर्वी टर्कीको गाजियान्टापमा स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा भूकम्प गएको हो।

    भूकम्पको १७.९ किलोमिटर गहिराइको रहेको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ। भूकम्पको पूर्ण क्षतिको विवरण भने आउन बाँकी छ।