काठमाडौँ – टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५३ जनाको मृत्यु भएको छ भने सिरियामा सोहि भूकम्पका कारन ४२ जनाको मृत्यु भएको छ ।
टर्कीको डिजास्टर म्यानेजमेन्ट अथोरिटीले भूकम्पमा परि ४४० जना घाइते भएको जनाएको छ ।
भूकम्पको धक्का टर्कीको नुर्दगीबाट २३ किलोमिटर पूर्वमा महसुस गरिएको थियो । भूकम्पको तीव्रता रेक्टर स्केलमा ७.८ मापन गरिएको थियो ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु गाजिएन्टेपबाट करिब ३३ किलोमिटर र नुर्दगी सहरबाट २६ किलोमिटर टाढा थियो । यो भूकम्पको केन्द्र १८ किलोमिटरको गहिराईमा रहेको थियो ।
युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पका कारण धेरै मानवीय क्षति हुने सम्भावना रहेको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा तुरुन्तै खोजी र उद्धार टोलीहरू पठाइएको बताएका छन् ।