चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 487 of 1162
  • 2026-11-26
  • 15:05:42
  • बिहिबार,मंसिर ११, २०८३

About Author

शेखर कोइराला पक्षले पायो राष्ट्रिय सभाको निर्वाचनमा तीन सिट

काठमाडौं– नेपाली कांग्रेसमा छुट्टै समूहको नेतृत्व गर्दै आएका नेता डा.शेखर कोइराला पक्षले राष्ट्रिय सभाको निर्वाचनमा तीन सिट पाएको छ। नेकपा एमालेसँगको तालमेलमा राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले पाएको नौ सिटमध्ये कोइराला समूहलाई संस्थापन पक्षले तीन सिट दिएको छ। कोइराला समूहले आफूले पाएको तीन सिटमध्ये मधेश प्रदेशबाट रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा र लुम्बिनी प्रदेशबाट बासुदेव जंगलीलाई उम्मेदवार बनाएको छ। कांग्रेसको भ्राते संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०का पूर्वअध्यक्ष कर्ण अपाङ्गतारअल्पसंख्यक, देवकोटा महिला र जंगली अपाङ्गता–अल्पसंख्यक क्लस्टरबाट सिफारिसमा परेका हुन्। कांग्रेसको भागमा परेका अन्य ६ जनामा सभापति शेरबहादुर देउवानिकट नेताहरू सिफारिसमा परेका छन्। राष्ट्रियसभा सदस्य निर्वाचनमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मानिकट कसैलाई पनि सिफारिस गरिएको छैन। कांग्रेसबाट कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित), गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशबाट ललतिजंग शाही (अन्य) र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य)लाई उम्मेदवार बनाइएको छ।  

News by शेखर कोइराला पक्षले पायो राष्ट्रिय सभाको निर्वाचनमा तीन सिट :