राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले टुंगो लगायो ९ उम्मेदवार (सूचीसहित) - Chaitanya News
  • 2026-04-28
  • 00:14:34
  • सोमबार,बैशाख १४, २०८३
  • राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले टुंगो लगायो ९ उम्मेदवार (सूचीसहित)

    राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले टुंगो लगायो ९ उम्मेदवार (सूचीसहित)

    काठमाडौँ– नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस कार्यसम्पादन समितिको बैठकले ९ उम्मेदवारको टुंगो लगाएको हो।

    जसअनुसार कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेस प्रदेशबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय भएको एक नेताले बताए।

    ती नेताका अनुसार एमाले र जसपा नेपालसँग भएको तालमेल सहमतिअनुसार कांग्रेसका ९ उम्मेदवारले आजै उम्मेदवारी दर्ता गराउँदैछन्।