काठमाडौँ– राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबिच तालमेल हुने लगभग निश्चित भएको छ।
नेपाली कमयुनिष्ट पार्टी (नेकपा)सहित तालमेल हुने प्रयास भनिए पनि मिल्न नसकेको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए। यससँगै नेकपा तालमेलबाट बाहिरिएको छ।
नेपाली कम्युनिष्ट पार्टीसँग पनि तालमेल गर्ने प्रयास भएको थियो। उहाँहरूसँग कुरा मिल्न सकेन। अरु तीन शक्तिबीच तालमेल हुने निश्चित भएको छ,’ कांग्रेसका तर्फबाट वार्तामा सहभागी लेखक नेता भने।
लेखकका अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति बनेको लेखकले बताए। क्लस्टर पनि टुंगिएको लेखकले जानकारी दिए।
जसपा नेपालबाट महन्थ ठाकुरलाई उम्मेदवार बनाउने पनि टुंगिएको नेताहरूले बताएका छन्।