चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 465 of 1161
  • 2026-11-26
  • 12:31:20
  • बिहिबार,मंसिर ११, २०८३

About Author

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले दिइन् पदबाट राजीनामा

चितवन–भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिएकी छन्। चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने निर्णयसँगै उनले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाएकी हुन्। दाहालले आज मध्याह्न १२ बजे उम्मेदवारी दर्ता गराउने कार्यक्रम तय भएको छ। राजीनामा बुझाउनु अघि उनले कार्यपालिका बैठक आह्वान गरी महानगरका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। भरतपुर महानगरपालिकाको प्रमुखका रूपमा दाहालले दुई कार्यकाल जिम्मेवारी सम्हालेकी थिइन् ।

News by भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले दिइन् पदबाट राजीनामा :