भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले दिइन् पदबाट राजीनामा - Chaitanya News
  • 2026-10-06
  • 01:25:08
  • सोमबार,आश्विन १९, २०८३
  • भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले दिइन् पदबाट राजीनामा

    भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले दिइन् पदबाट राजीनामा

    चितवन–भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिएकी छन्।

    चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने निर्णयसँगै उनले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाएकी हुन्।

    दाहालले आज मध्याह्न १२ बजे उम्मेदवारी दर्ता गराउने कार्यक्रम तय भएको छ। राजीनामा बुझाउनु अघि उनले कार्यपालिका बैठक आह्वान गरी महानगरका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।

    भरतपुर महानगरपालिकाको प्रमुखका रूपमा दाहालले दुई कार्यकाल जिम्मेवारी सम्हालेकी थिइन् ।