ओलीले भने: ‘जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउनेछौँ’ - Chaitanya News
  • 2026-04-26
  • 22:34:21
  • आइतबार,बैशाख १३, २०८३
  • ओलीले भने: ‘जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउनेछौँ’

    ओलीले भने: ‘जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउनेछौँ’

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको दिन विशेष दिन भएको उल्लेख गरेका छन्।

    आज (मंगलबार) बिहान ओलीले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्, ‘हाम्रो लागि आज एक विशेष दिन हो। हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदैछ।’

    ओलीले थप भनेका छन्, ‘हामीलाई पूरा विश्वास छ(हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ। जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने छौँ। आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ। ‘

    ओलीले आज झापा ५ बाट एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्।