चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 876 of 1152
  • 2026-11-22
  • 07:13:09
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राष्ट्रिय योजना आयोगको सदस्यमा डा. आरपी बिच्छा नियुक्त

काठमाडौं- स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. आरपी (रामपदारथ) बिच्छा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका छन्। सरकारले हालै डा. बिच्छासहित तीन जनालाई आयोगको सदस्यमा नियुक्त गरेको हो। स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा.बिच्छा दुई वर्ष पहिले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारका रुपमा कार्यरत थिए। बालरोग विज्ञ डा. बिच्छाले दुई पटक कान्तिबाल अस्पतालको निर्देशक भएर पनि काम गरेका थिए। बालस्वास्थ्य महासाखा र परिवार कल्याण महासाखाको निर्देशक भएर पनि डा. बिच्छाले कार्यसम्पादन गरेका थिए।