काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नम्बर ४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कलभर्ट निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले उक्त गाउँपालिकाकाका तत्कालीन अध्यक्ष राम बल्लभ साह, उपाध्यक्ष आशा देवी यादव, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित २३ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो।
पुल निर्माणका सम्बन्धमा जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा भुक्तानी नै गर्न नमिल्ने रकम भुक्तानी गरेर भ्रष्टाचार भएको पाइएको अख्तियारको भनाइ छ।
२३ जना प्रतिवादीहरू उपर फरक फरक सजाय र बिगो बमोजिमको जरिवाना गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता भोला दाहालले जनकारी दिए।
जसमा राम बल्लभ साहविरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपैयाँ मागदाबी गरिएको छ। मिलेमतोमा नियम विपरीत प्रतिवादीहरूले २६,४६,०२७ र ५,२८,४४० भुक्तानी गरेको अख्तियारको ठहर छ।