चैतन्य पाठशालाले गर्‍यो अभिभावकलाई सम्मान - Chaitanya News
  • 2026-06-21
  • 17:22:54
  • आइतबार,आषाढ ०७, २०८३
  • चैतन्य पाठशालाले गर्‍यो अभिभावकलाई सम्मान

    चैतन्य पाठशालाले गर्‍यो अभिभावकलाई सम्मान

    धनगढी- मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन अवसरमा धनगढी–५ शिवनगरस्थित चैतन्य पाठशालाले विद्यालयमा आयोजित विशेष कार्यक्रममा सम्पूर्ण आमा अभिभावकलाई सम्मान गरेको छ।

    विद्यालयकी जेष्ठ आमा अभिभावक विष्णु देवी थापा प्रमुख अतिथि रहेको कार्यक्रममा चैतन्य पाठशालाका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशी, प्रधानाध्यापक हरीप्रसाद जोशी,सञ्चालक समिति सदस्य एवम् संस्थापक प्रिन्सिपल उदय प्रताप सिंहले सम्पूर्ण आमालाई मायाको चिनोसहित सम्मान प्रदान गरेका थिए।

    कार्यक्रममा विद्यालयका अध्यक्ष एवम् चैतन्यका प्रमूख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले आमा शब्दको पवित्रता र यसको महिमा बारे चर्चा गर्दै धनगढीमा पहिलो पटक मातातीर्थको पवित्र दिनमा सृष्टि कर्ता,ममताकी प्रतिमूर्ति सम्पूर्ण मातृ शक्तिलाई नमन् गर्दै यो कार्यक्रम आयोजना गरिएको हो।

    वर्तमान समयमा आमाको ममताले नै आदर्श समाज को निर्माण गर्न सकिने र त्यसको लागि आमाहरू शिक्षित नभएपनि असल मार्गनिर्देशनको भूमिकाले देश र सम्पूर्ण विश्वको कल्याणमा अहम भूमिका निर्वाह गर्ने कुरा व्यक्त गरे। शिक्षक रमेश क्षेडाल ले सञ्चलान गर्नु भएको थियो भने स्वागत मन्तव्य हेमा जोशीले गरेकी थिइन्।