घट्यो सुनको मूल्य, चाँदी स्थिर - Chaitanya News
  • 2026-06-16
  • 23:51:07
  • मंगलबार,आषाढ ०२, २०८३
  • घट्यो सुनको मूल्य, चाँदी स्थिर

    घट्यो सुनको मूल्य, चाँदी स्थिर

    काठमाडौं – साताको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख १० हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रूपैयाँले घटेर एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    तेजावी सुन प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी, चाँदीको मूल्य भने बिहीबार स्थिर रहेर १ हजार ४४५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।