उपनिर्वाचनको मौन अवधिमा के-के गर्न पाइँदैन? - Chaitanya News
  • 2026-07-20
  • 10:10:27
  • सोमबार,साउन ०४, २०८३
  • उपनिर्वाचनको मौन अवधिमा के-के गर्न पाइँदैन?

    उपनिर्वाचनको मौन अवधिमा के-के गर्न पाइँदैन?

    काठमाडौं- उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले उपनिर्वाचनका लागि गएराति १२ बजेदेखि प्रचारप्रसार निषेध गरेको हो।

    मौन अवधि लागू भएसँगै गएरातिदेखि उपनिर्वाचनका लागि प्रचारप्रसार निषेध गरिएको हो।

    चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ।

    यस अवधिमा उमेदवार तथा दलहरुले प्रचारप्रसारसहितका विभिन्न गतिविधि गर्न पाउँदैनन् । निर्वाचन आयोगले सूचना निकालेर मौन अवधिमा दल तथा उमेदवारले गर्न नहुने, नपाउने कार्यहरुबारे जानकारी दिएको छ।