काठमाडौं- गत चैत अन्तिम साता ह्याक भएको फेसबुक पेज फिर्ता ल्याउन सशस्त्र प्रहरी बल (एपीएफ) असफल भएको छ। गत चैत २७ गतेदेखि पेजमा समस्या आएपछि रिकभरको प्रयास गरिएकोमा त्यो सफल हुन नसकेको हो।
एपीएफले उक्त फेसबुक पेज रिकभर प्रयास गरिरेका बेला भियतनामी ह्याकरहरुले त्यसको नाम नै फेरिदिएका छन्।
सशस्त्र प्रहरी बलको नाममा पेज शुक्रबारदेखि भियतनामी भाषामा परिवर्तन भएको हो।
यसअघि भएको ह्याकलाई रिकभर गर्ने प्रक्रिया चलिरहेका बेला भियतनामी ह्याकरले नामै फेरिदिएका हुन्।
सशस्त्र प्रहरीले सबुक पेजमा बिहानबाट प्राविधिक समस्या आएको बताउँदै आइटी टिमले रिकभर प्रयास गरिरहेको जनाएको थियो।