चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 861 of 1152
  • 2026-11-22
  • 08:29:31
  • आइतबार,मंसिर ०७, २०८३

About Author

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

दाङ -  लुम्बिनी प्रदेश सरकारका नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज (मंगलबार) विश्वासको मत लिँदैछन् । गत बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले आज विश्वासको मत लिने निर्णय गरेको थियो । प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन-तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाववादी) का एक-एक र स्वतन्त्र एक सांसदसहित ५३ सांसदको समर्थन रहेको छ ।

News by लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै :