देशका अधिकांश स्थानमा वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-27
  • 01:28:03
  • मंगलबार,जेठ १२, २०८३
  • देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

    देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

    काठमाडौं- हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

    आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले छ।