सरकार र महावीर पुनबीच ७ बुँदे सहमति - Chaitanya News
  • 2026-05-27
  • 01:28:36
  • मंगलबार,जेठ १२, २०८३
  • सरकार र महावीर पुनबीच ७ बुँदे सहमति

    सरकार र महावीर पुनबीच ७ बुँदे सहमति

    काठमाडौं- सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच ७ बुँदे सहमति भएको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र महावीर पुनले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

    सहमतिको पहिलो बुँदामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्ने उल्लेख छ।

    कोषको व्यवस्थापन तथा सञ्चालन गर्न संघीय संसद्को आगामी अधिवेशनबाट कानुन निर्माण गर्ने सहमति गरिएको छ।