सामान्यमा मन्त्रीले गरे कर्मचारी हेरफेर - Chaitanya News
  • 2026-05-27
  • 01:27:01
  • मंगलबार,जेठ १२, २०८३
  • सामान्यमा मन्त्रीले गरे कर्मचारी हेरफेर

    सामान्यमा मन्त्रीले गरे कर्मचारी हेरफेर

    काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ। मन्त्री अमनलाल मोदीले सचिवालयका कर्मचारीको जिम्मेवारी फेरेका हुन्।

    मन्त्री मोदीले दुई जना निजी सचिवालयका कर्मचारीसहित प्रशासन महाशाखा प्रमुखको सरुवा गरेका छन्। निजी सचिवालयका अधिकृत सातौँ(सिअहेव) नागमणि पटेल र नायव सुब्बा विष्णु लामिछानेलाई फेरिएको छ। अहिले मन्त्रीको स्वकीय उपसचिव सुमन कालिकोटे र स्वकीय अधिकृत साजिम अन्सारी रहेका छन्। निजी उपसचिव ज्ञाननाथ ढकाल छन्।

    प्रशासन महाशाखा प्रमुख कमल राज भट्टराईको पनि सरुवा गरिएको छ। उनको ठाउँमा योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख हेमराज तामाङलाई ल्याइएको छ।

    हटाइएका ठाउँमा कस्लाई ल्याउने भन्ने बारेमा अहिले कुनै टुंगो लागि नसकेको बताइएको छ।