चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 373 of 1153
  • 2026-11-22
  • 14:07:06
  • आइतबार,मंसिर ०७, २०८३

About Author

नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा, एकैदिन बेचे छ लाखका पुस्तक

म्याग्दी– म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनः चुनाव जितेलगत्तै  किताब बिक्री गर्न पोखरा पुगेका छन्। स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत ठाउँमा आफ्नो आत्मकथा बिक्री गरेका हुन्। “एकैदिन ८०० पुस्तक बिक्री गरेर रु छ लाख आम्दानी भयो”, उनले भने, “बिक्रीका लागि काठमाडौँबाट थप पुस्तक मगाएको छु।” पोखरामा पुनसँग फोटो खिच्ने र हस्ताक्षर गरेर किताब किन्नेको भिड लागेको थियो। पुनः संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन महावीरले तीन वर्षयता आत्मकथा पुस्तक लेखेर बिक्री गर्दै आएका छन्। अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर पुनले जन्मथलो म्याग्दीमा चुनाव लड्न आएका थिए। उनले जेन जेड आन्दोलन अघि पनि देशका विभिन्न ठाउँ पुगेर किताब बेच्ने गर्दै आएका थिए। गत भदौको २३ र २४ जेन जेड आन्दोलनपछि पूर्वप्रधानान्यायाधीश सुशीला कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा उनी करिब चार महिना शिक्षामन्त्री बने। स्वतन्त्र उम्मेदवार पुनले लोकप्रिय मतका साथ म्याग्दीमा चुनाव जितेलगत्तै समर्थकलाई विजयउत्सव मनाउने नाममा तडकभडक नगर्न अनुरोध गर्दै आफ्नै पुरानो दिनचर्यामा फर्केका हुन्। पुनले २२ हजार ८५० मत ल्याएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी९एमाले०का हरिकृष्ण श्रेष्ठले सात हजार ९१० मत पाए। नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ६७६ मत पाए। निर्वाचन आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक गरिनसकेको र फुर्सदको समय सदुपयोगका लागि पुस्तक बिक्री गर्न निस्किएको पुनले बताए।

News by नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा, एकैदिन बेचे छ लाखका पुस्तक :