काठमाडौँ– हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
यस्तै, आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भाग तथा लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा लुम्बिनी प्रदेशको तराई भू–भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।