काठमाडौँ– राष्ट्रिय सभाकी नवनिर्वाचित सदस्य रामकुमारी झाँक्रीले देश र जनताको हितका सबै काममा संसद्का जोकोहीसँग पनि साझेदारी गर्नुपर्ने बताएकी छिन्।
आज (सोमबार) शपथ ग्रहणपछि पत्रकारहरूसँग कुराकानी गर्दै झाँक्रीले संसद्का दुवै सदनले साझेदारी गर्नुपर्ने बताइन्।
शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संविधानतः संसद्का दुई सदन ९प्रतिनिधिसभा र राष्ट्रिय सभा० गठन गरिएको उल्लेख गर्दै उनले कसैले पनि हतोत्साहित वा त्रासदीको भावनाबाट हेर्न नहुने बताइन्।
‘यी दुईवटै सदन राष्ट्र र जनताको पक्षमा काम गर्न शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संविधानतः फर्मेसन भएका हुन्। त्यसकारण जनता र राष्ट्रको हितमा हुने हरकाममा जोकोहीसँग पनि साझेदारी गरेर पार्लियामेन्टको काम गर्नुपर्छ। त्यसकारण यसमा कसैले पनि हतोत्साहित वा त्रासदीको भावनाबाट हेर्नुहुँदैन,’ झाँक्रीले भनिन्।