काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ।
२१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना चलिरहेको छ। ९३ लाख ६० हजार ७६९ मत गणना हुँदा राप्रपाले तीन लाख १६० मत ल्याएको हो।
यो संख्या गणना भइसकेको कूल सदर मतको ३.१९ प्रतिशत हो। प्रतिनिधिसभामा समानुपातिकबाट प्रतिनिधित्वका लागि कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ।