चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 32 of 1115
  • 2026-10-14
  • 13:23:55
  • बुधबार,आश्विन २८, २०८३

About Author

प्रधानमन्त्री राहत कोषमा हालसम्म १५ अर्ब ५० करोडभन्दा बढी मौज्दात

काठमाडौँ– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी हालसम्म रु १५ अर्ब ५० करोडभन्दा बढी मौज्दात छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल रु ११ अर्ब ६३ करोड ८० लाख ९८० हजार २९१ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ५४ लाख ४७ हजार ५४६ अमेरिकी डलर मौज्दात छ। सबै खातामा गरी रु १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९६२ मौज्दात छ। सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा कोषमा रु २० करोड ७२ लाख ५६ हजार ९३१ जम्मा भएको छ।

News by प्रधानमन्त्री राहत कोषमा हालसम्म १५ अर्ब ५० करोडभन्दा बढी मौज्दात :