चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 28 of 1153
  • 2026-11-22
  • 19:03:07
  • आइतबार,मंसिर ०७, २०८३

About Author

एनपीएलमा आज काठमाडौँ–कर्णाली र सुदूरपश्चिम–चितवनबीच भिडन्त

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार दुई रोमाञ्चक प्रतिस्पर्धा हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सको सामना गर्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् । आजको पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । उक्त खेलमा काठमाडौँ र कर्णाली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ, जहाँ सुदूरपश्चिमलाई अपराजित चितवनको चुनौती रहनेछ । आजको खेलमा विशेष आकर्षण चितवन राइनोजको प्रदर्शन हुनेछ । प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको चितवन आफ्नो विजयी लयलाई निरन्तरता दिने लक्ष्यमा छ । चितवनले पहिलो खेलमा जित निकालेको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो । यता सुदूरपश्चिम रोयल्सका लागि भने आजको खेल महत्वपूर्ण हुनेछ । टोलीले हालसम्म खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ । त्यसैले चितवनविरुद्ध जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति सुधार्ने चुनौती सुदूरपश्चिमसामु छ । आजका दुवै खेलले प्रतियोगिताको अंकतालिकामा टोलीहरूको अवस्था थप रोचक बनाउने अपेक्षा गरिएको छ ।

News by एनपीएलमा आज काठमाडौँ–कर्णाली र सुदूरपश्चिम–चितवनबीच भिडन्त :