चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 188 of 1156
  • 2026-11-24
  • 05:34:32
  • सोमबार,मंसिर ०८, २०८३

About Author

फिफा विश्वक: स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल

काठमाडौं– फिफा विश्वकप २०२६ अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ६७औं मिनेटमा स्विट्जरल्यान्डले बराबरी गोल फर्काएको हो। रिकार्डो रोड्रिगको असिस्टमा डान एनडोयेले स्विट्जरल्यान्डका लागि गोल गरेका हुन्। यसअघि एलेक्सिस म्याक एलिस्टरले १०औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन्।

News by फिफा विश्वक: स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल :