नर्वेलाई २–१ ले हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश - Chaitanya News
  • 2026-08-26
  • 21:10:20
  • बुधबार,भाद्र १०, २०८३
  • नर्वेलाई २–१ ले हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश

    नर्वेलाई २–१ ले हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश

    काठमाडौँ– फिफा विश्वकप फुटबलमा तेस्रो क्वाटरफाइनलमा नर्वेलाई २–१ ले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

    मियामी स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डले नर्वेलाई पराजित गरेको हो। नियमित ९० मिनेटको समयमा नतिजा १(१ बराबरी हुँदा खेल अतिरिक्त समयमा लम्बिएको थियो।

    अतिरिक्त समयको तेस्रो मिनेटमा इङ्ल्यान्डको लागि जुड बेलिङ्घमले गोल गर्दै इङ्ल्यान्डको जित सुनिश्चित गरेका हुन्। इङ्ल्यान्डको जितमा दुवै गोल जुड बेलिङ्घमको नाममा रह्यो। नर्वेका लागि एक मात्र गोल एन्ड्रियस स्जेल्डरुपले गरे।