कर्णालीमा अन्तिम दिन डेढ अर्ब भन्दा धेरै रकम भुक्तानी, १२ अर्ब ६२ करोड फ्रिज - Chaitanya News
  • 2026-07-10
  • 14:19:23
  • शुक्रबार,आषाढ २६, २०८३
  • कर्णालीमा अन्तिम दिन डेढ अर्ब भन्दा धेरै रकम भुक्तानी, १२ अर्ब ६२ करोड फ्रिज

    कर्णालीमा अन्तिम दिन डेढ अर्ब भन्दा धेरै रकम भुक्तानी, १२ अर्ब ६२ करोड फ्रिज

    सुर्खेत– कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम दिन डेढ अर्ब भन्दा धेरै रकम भुक्तानी गरेको छ। बिहीबार अन्तिम दिनमा १ अर्ब ५८ करोड २२ लाख ८८ हजार भुक्तानी गरेको हो।

    प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार, यो असार २५ गते दिउँसो १ बजेपछिको भुक्तानी हो। दिउँसो १ बजेसम्म १८ अर्ब ९८ करोड ८९ लाख २० हजार बराबर भुक्तानी दिएको सरकारले अन्तिम तथ्याङ्कमा कुल खर्च रकम २० अर्ब ५७ करोड १२ लाख ८ हजार भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत ललित थापाले बताए।

    चालु आर्थिक वर्ष (२०८२–०८३) मा सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको कुल बजेट ल्याएको थियो। त्यसमध्ये ६१.९७ प्रतिशत बजेट खर्च गरेको छ। कुल खर्चमध्ये झन्डै २५ प्रतिशत बजेट सरकारले असार महिनाको २५ दिनमा खर्च गरेको हो।

    पुँजीगत बजेट ५५.७४ प्रतिशत कार्यान्वयनमा ल्याएको सरकारले चालु तर्फ ७३.४८ प्रतिशत खर्च गरेको छ। यो वर्ष विकासतर्फ १९ अर्ब ९८ करोड ९३ लाख वार्षिक बजेट थियो।

    त्यसमध्ये ११ अर्ब १३ करोड ९३ लाख बराबर बजेट कार्यान्वयनमा आउँदा ८ अर्ब ८४ करोड ५० लाख बराबर फ्रिज गएको छ।