काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नआएको बताएका छन्।
आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा उनले आफू जनताको सेवाका लागि आएको दाबी गरे।
उनले सांसदहरूलाई संसद्मा घाँटी चिच्याएर मात्रै नहुने जिकिर गरे।
‘घाँटी चिच्याएर मात्रै हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन। त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो। हामीले हातले गर्नुपर्छ,’ उनले भने, ‘आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ। त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ। मलाई इच्छा छैन कसैको लागि स्टन्टबाजी गर्नका लागि। म आफ्नो देशको सेवा गर्न आएको हो।’
उनले थप भनेका छन्, ‘हामी गृहमन्त्रीमा बसेर कसरी के गर्ने भनेर टिम बनाएर छलफल गरिरहेका थियौं। म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो हस्पिटलमा कति जना हुनुहुन्थ्यो रु जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ।’