चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 314 of 1153
  • 2026-11-22
  • 14:02:38
  • आइतबार,मंसिर ०७, २०८३

About Author

नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड

काठमाडौँ– परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि कतारका राजदूत मोहम्मद अल अन्सारीबी शिष्टाचार भेटर्वार्ता भएको छ । हिजो (बिहीबार) खनालसँग र नेपालका लागि कतारका राजदूत अन्सारीबीच उनको कार्यकक्षमा शिष्टाचार भेट भएको हो । त्यस अवसरमा उनीहरूबीच आपसी हितका विविध क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विशेषगरी उनीहरूबीच श्रम आप्रवासन, जलविद्युत् र कृषिमा साझेदारी, पर्यटन प्रवर्द्धन तथा लगानी विस्तारका विषयमा छलफल भएको थियो । साथै नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने सम्बन्धमा पनि विभिन्न पक्षमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।

News by नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड :