नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड - Chaitanya News
  • 2026-04-19
  • 19:23:39
  • आइतबार,बैशाख ०६, २०८३
  • नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड

    नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड

    काठमाडौँ– परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि कतारका राजदूत मोहम्मद अल अन्सारीबी शिष्टाचार भेटर्वार्ता भएको छ ।

    हिजो (बिहीबार) खनालसँग र नेपालका लागि कतारका राजदूत अन्सारीबीच उनको कार्यकक्षमा शिष्टाचार भेट भएको हो । त्यस अवसरमा उनीहरूबीच आपसी हितका विविध क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    विशेषगरी उनीहरूबीच श्रम आप्रवासन, जलविद्युत् र कृषिमा साझेदारी, पर्यटन प्रवर्द्धन तथा लगानी विस्तारका विषयमा छलफल भएको थियो ।

    साथै नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने सम्बन्धमा पनि विभिन्न पक्षमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।