आजको मौसम पूर्वानुमान: केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी - Chaitanya News
  • 2026-04-18
  • 02:45:44
  • शुक्रबार,बैशाख ०४, २०८३
  • आजको मौसम पूर्वानुमान: केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी

    आजको मौसम पूर्वानुमान: केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महनशाखाका अनुसार हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ।

    हिमाली भागमा साधरणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ। कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको महाशाखमले जनाएको छ ।

    यस्तै आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

    त्यसैगरी, आज राति देशका हिमाली भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधरणतया बदली रहनेछ भने कोशी प्रदेशका तराईसहित अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली हुनेछ।

    देशका अधिकांश स्थानमा तापक्रम बढ्दो क्रममा रहेको, अन्य प्रदेशका तराई भेगको तुलनामा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईसहित केही स्थानमा गर्मी हुने सम्भावना छ।