काठमाडौँ– १० जना सांसदहरुको संसदीय समिति हेरफेर गरिएको छ । आज (बिहीबार) सभामुख डोलप्रसाद अर्यालले १२ सांसदका संसदीय समिति हेरफेर गरेका हुन् । सभामुख यादवले अधिवेशन प्रारम्भ भएपछि सहमतिको लागि प्रस्ताव गर्ने गरी हेरफेर गरेको प्रतिनिधि सभाका सचिव हर्कराज राईले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।
सचिव राईले निकालेको विज्ञप्तिमा संसदीय सुनुवाइ समितिमा रञ्जु न्यौपानेको स्थानमा पुनमकुमारी अग्रवाल र चन्दनकुमार सिंहको स्थानमा दीपकराज बोहोरालाई ल्याइएको छ।
राम लामालाई राज्य व्यवस्था तथा सुशासन समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पुर्याइएको छ। गणेश कार्कीलाई राज्य व्यवस्था तथा सुशासन समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, जगदीश खरेल (ललितपुर) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ल्याइएको छ।
दीपकराज बोहरालाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा, बब्लु गुप्ता अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा ल्याइएको छ।
रहबर अन्सारी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा, हरि प्रसाद भुसाल अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा र चन्दनकुमार सिंह उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सरुवा गरिएको सचिव राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।