चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 118 of 1161
  • 2026-11-26
  • 11:10:11
  • बिहिबार,मंसिर ११, २०८३

About Author

रसुवा बाढी अपडेटः सेनाको हेलिकप्टरबाट १७ विदेशीसहित ४४९ जनाको उद्धार

काठमाडौँ– रसुवामा आएको बाढीबाट प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाले शुक्रबार दिउँसो १२ः२० बजेसम्म १७ विदेशी नागरिकसहित ४४९ जनाको हवाई उद्धार गरेको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली सेनाका हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुवेशी र मैलुङलगायत क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो। साढे चार हजारभन्दा बढी सैनिक परिचालित बाढी प्रभावित जिल्लाहरूमा खोज, उद्धार, आपत्कालीन उपचार तथा राहत वितरणका लागि नेपाली सेनाका करिब ४ हजार ५ सयभन्दा बढी सैनिक परिचालित छन्। सेनाका अनुसार परिचालित जनशक्तिले अन्य निकायसँग समन्वय गरी घाइतेहरूको खोज तथा उद्धार गरिरहेको छ। साथै, प्रभावित क्षेत्रमा आपत्कालीन उपचार र राहत सामग्री वितरणको कामसमेत भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतसम्बन्धी कार्यलाई समन्वयात्मक रूपमा निरन्तरता दिइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

News by रसुवा बाढी अपडेटः सेनाको हेलिकप्टरबाट १७ विदेशीसहित ४४९ जनाको उद्धार :