काठमाडौँ– मधेश प्रदेश सरकारले अर्थ मन्त्रालयअन्तर्गत प्रशासन सेवाको लेखा समूहमा कार्यरत ७६ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ।
सरुवामा अधिकृतदेखि लेखापाल र सहलेखापालसम्मका कर्मचारी समेटिएका छन्। प्रदेश सरकारले गरेको निर्णयअनुसार २३ जना अधिकृत, ४३ जना लेखापाल र १० जना सहलेखापालको सरुवा भएको हो।
सरुवा हुने अधिकृतमध्ये सातौँ तहका १८ जना र आठौँ तहका ५ जना रहेका छन्। प्रदेश सरकारले अर्थ मन्त्रालयअन्तर्गत लेखा समूहमा कार्यरत कर्मचारीलाई विभिन्न स्थानमा जिम्मेवारी हेरफेर गरेको जनाएको छ।
एकैपटक गरिएको यो सरुवामा प्रशासन सेवाको लेखा समूहमा कार्यरत विभिन्न तहका कर्मचारी समेटिएका छन्।





