तिब्बततर्फ पानीको बहाव पुनः बढेको सूचना, तत्काल सतर्क रहन सर्वसाधारणलाई नेपाल प्रहरीको आग्रह - Chaitanya News
  • 2026-08-29
  • 16:06:52
  • शनिबार,भाद्र १३, २०८३
  • तिब्बततर्फ पानीको बहाव पुनः बढेको सूचना, तत्काल सतर्क रहन सर्वसाधारणलाई नेपाल प्रहरीको आग्रह

    तिब्बततर्फ पानीको बहाव पुनः बढेको सूचना, तत्काल सतर्क रहन सर्वसाधारणलाई नेपाल प्रहरीको आग्रह

    काठमाडौँ– तिब्बततर्फ पानीको बहाव पुनः बढेको जानकारी प्राप्त भएपछि नेपाल प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन आग्रह गरेको छ।

    नेपाल प्रहरीले जारी गरेको सूचनामा तिब्बततर्फ पानीको बहाव पुनः बढेको जानकारी प्राप्त भएको उल्लेख छ।

    प्रहरीले उक्त जानकारीपछि उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी तथा उद्धारकर्मीलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।

    त्यस्तै, सर्वसाधारणलाई पनि सतर्क रहन, सुरक्षित स्थानतर्फ जान तथा जोखिमसम्बन्धी जानकारी गराउन नेपाल प्रहरीले अनुरोध गरेको छ।