चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 598 of 1155
  • 2026-11-23
  • 15:17:56
  • सोमबार,मंसिर ०८, २०८३

About Author

यस्ता छन मिर्गौलामा समस्या भएकाले खान नहुने चीज

एजेन्सी– मिर्गौलाको काम भनेको शरीरको सरसफाई गर्नु हो। त्यसैले यसलाई स्वस्थ राख्न एकदमै जरुरी हुन्छ। किनकी मिर्गौलाले राम्रोसँग काम गरेन भने रगत पनि खराब हुन थाल्छ। मिर्गौलासम्बन्धि कुनै समस्या छ भने केही खानेकुराबाट पनि बच्नुपर्छ। यसैबारे जानौं। केरा: तपाईंलाई पहिलेदेखि नै मिर्गौलाको समस्या छ भने केराको सेवन नगर्नुहोस्। यसमा पाइने पोटाशियमको उच्च मात्राले मिर्गौलाको फिल्टरलाई खराब गर्न सक्छ। चिकेन: चिकेनमा पोटाशियमका साथै उच्च प्रोटिन हुन्छ। यो खानाले पनि मिर्गौलाको समस्या बढ्न सक्छ। त्यसैले सामान्य रुपमा पनि चिकेन सन्तुलित मात्रामै खानुपर्छ। आलु: आलुमा एकदमै धेरै पोटाशियम हुन्छ जसले मिर्गौलाको फिल्टरलाई नोक्सान पुर्‍याउन सक्छ। त्यसैले आलु सीमित मात्रामा खानुपर्छ। दही: मिर्गौला सम्बन्धी रोग भएका व्यक्तिका लागि दहीको सेवन पनि नोक्सानदायक हुन सक्छ। यसमा पाइने प्रोटिन, क्याल्सियम, भिटामिन्स जस्ता पोषक तत्वले मिर्गौलालाई खराब गर्न सक्छ। टमाटर: टमाटरमा उच्च मात्रामा पोटाशियम पाइन्छ । यो खाँदा पनि मिर्गौलाको फिल्टरलाई प्रभावित गर्दछ। नुन: मिर्गौलामा समस्या हुँदा नुन धेरै खानु पनि हानिकारक हुन्छ । यसले रक्तचाप बढाउनुका साथै मिर्गौलामा पनि असर गर्दछ। गुलिया पेय पदार्थ: विभिन्न किसिमका पेय पदार्थ जसमा अत्यधिक सोडा, चिनी प्रयोग गरेर बनाइएको हुन्छ, त्यस्ता चीजको सेवन गर्नु पनि मिर्गौलाका लागि एकदमै धेरै हानिकारक हुन्छ।