एजेन्सी– जाडोमा छाला एकदमै रुखो हुन थाल्छ। जसले गर्दा ऊनीका कपडा लगाउँदा चिलाउने तथा र्यासेज आउने समस्या देखिन थाल्छ।
ऊनीका कपडामा भएको साना–साना धागो जब छालामा घोटिन्छन् त्यसले चिलाउने समस्या आउँछ।
कतिपय अवस्थामा ऊनीको कपडाले शरीरलाई एकदमै तातो बनाउँछ यो तातो कतिपय संवेदनशील शरीरले सहन सक्दैन।
यसबाहेक ऊनीको कपडाले छालामा एलर्जी पनि हुने गर्छ, जसलाई ‘टेक्सटाइल डर्मेटाइटिस’ भनिन्छ।
यस्तो समस्याबाट बच्नका लागि जहिले पनि शरीरमा कपडा लगाउनु अघि मोइस्चारइजर तथा बडी लोशन लगाउनु आवस्यक हुन्छ।
त्यसैगरी ऊनीको कपडा लगाउनु अघि पातलो सुतीको कपडा लगाउने गर्नुहोस्। जसले गर्दा ऊनीले छालामा कुनै असर गर्न पाउँदैन।