१) तलका भनाईहरु विचार गर्नुहोस् ।
A. दिन र रात बराबर भएको अवस्थालाई सम्पात भनिन्छ ।
B. डिसेम्बर २२ लाई मकर क्रान्ति भनिन्छ भने जुन २१ को दिनलाई कर्कत क्रान्ति भनिन्छ ।
A) A ठीक B बेठीक B) B ठीक A बेठीक C) दुबै ठीक D) दुबै बेठीक
२) प्रधान मध्यान्ह रेखालाई कति डिग्री देशान्तर मानिन्छ ?
A) ० डिग्री B) १६० डिग्री C) साढे ६६ डिग्री D) १८० डिग्री
३) म्याग्नाकार्टाका कुल प्रतिहरुमध्ये कति प्रति हालसम्म पनि सुरक्षित रहेका छन् ?
A) २ प्रति B) ३ प्रति C) ४ प्रति D) ५ प्रति
४) राजा जोनको निधन कहिले भयो ?
A) सन् १२१६ मा B) सन् १२१७ मा C) सन् १२१८ मा D) सन् १२१९ मा
५) फ्रान्सको संसद स्टेट जनरलमा कतिओटा सदनहरु रहेका थिए ?
A) दुई ओटा B) ३ ओटा C) ४ ओटा D) ५ ओटा
६) तलका भनाईहरु विचार गर्नुहोस् ।
A. अमेरिकी स्वतन्त्रता संंग्रामको घोषणापत्रमा ५५ जना व्यक्तिले हस्ताक्षर गरेका थिए ।
B. दोस्रो विश्व युद्धमा V.C प्राप्त गर्ने प्रथम नेपाली गजे घले हुन् ।
A) A ठीक B बेठीक B) B ठीक A बेठीक C) दुबै ठीक D) दुबै बेठीक
७) नेपाली चलचित्रमा नृत्य निर्देशन गर्ने पहिलो महिला को हुन् ?
A) मेलवादेवी B) रेखा थापा C) करिष्मा मानन्धर D) शान्ता नेपाली
८) तलका भनाईहरु विचार गर्नुहोस् ।
A. संसारको कलिलो सेनापति भनी नेपोलियन वोनापार्टलाई चिनिन्छ ।
B. किराँँत कालमा स्थानीय प्रशासन अन्तरगत पर्ने जिल्लालाई विषय भनिन्थ्यो ।
A) A ठीक B बेठीक B) B ठीक A बेठीक C) दुबै ठीक D) दुबै बेठीक
९) तलका भनाईहरु विचार गर्नुहोस् ।
A. नेपाली भाषामा लेखिएको पहिलो नाटक हास्यकदम्ब हो ।
B. नेपालकी प्रथम लेखिका वासुदेव त्रिपाठी हुन् ।
A) A ठीक B बेठीक B) B ठीक A बेठीक C) दुबै ठीक D) दुबै बेठीक
१०) नेपालमा सबैभन्दा धेरै जनसंख्या भएको जनजाति कुन हो ?
A) बाहुन B) क्षेत्री C) नेवार D) मगर
११) तलको भनाईमा गलत भनाई कुन होरहुन् ?
A. त्रेतायुगमा नेपाललाई तपोवन भनिन्थ्यो ।
B. दक्षिण एसियमा सबैभन्दा धेरै बलि दिने मेलाको रुपमा चर्चित गढिमाई बारा जिल्लामा पर्छ ।
C. चेपाङ जातिको विवाहमा दुलहा र दुलहीले सिन्दू्र साटासाट गर्ने चलन छ ।
A) A ठीक B र C बेठीक B) B ठीक A र C बेठीक C) सबै ठीक D) C मात्र गलत
१२) गाउँ, सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको वर्षले कति वर्षको हुनेछ ?
A) ४ वर्ष B) ५ वर्ष C) ६ वर्ष D) ७ वर्ष
१३) तलका भनाईहरु विचार गर्नुहोस् ।
A. राष्ट्रिय सुरक्षा परिषदको सदस्य-सचिव भई रक्षा मन्त्रालयको सचिवले काम गर्दछ ।
B. नेपालको संविधानको भाग २७ मा राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था छ ।
A) A ठीक B बेठीक B) B ठीक A बेठीक C) सबै ठीक D) सबै बेठीक
१४) संसदीय शासन प्रणाली अँगालेको फ्रान्समा कहिलेदेखि मिश्रित शासन प्रणाली अपनाइएको हो ?
A) सन् १९५३ B) सन् १९५४ C) सन् १९५५ D) सन् १९५६
१५) तलका भनाईहरु विचार गर्नुहोस् ।
A. WID को पूर्ण रुप Women in development हो ।
B. Women in development को अवधारणा सन् १९७० को दशकभन्दा अगाडी आएको हो ।
A) A ठीक B बेठीक B) B ठीक A बेठीक C) दुबै ठीक D) दुबै बेठीक
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100