काठमाडौं– शरीरलाई फिट राख्नका लागि सबैभन्दा आवश्यक कुरा व्यायाम, राम्रो जीवनशैली तथा सन्तुलित डाइट नै हो। राम्रो जीवनशैली र डाइट मेनटेन गर्नाले शरीर निरोगी हुन्छ।
शारीरिक रुपमा तन्दुरुस्त रहनका लागि व्यायाम आवश्यक हुन्छ। सबैभन्दा सजिलो व्यायाम गर्ने तरिका भनेको हिँड्नु अथवा दौडनु हो।
धेरै मानिस दौडन मन पराउँछन् भने कतिपय मानिस हिँड्नसमेत मन पराउँछन्। यी दुबैमध्ये कुन सबैभन्दा राम्रो हो? भन्ने कुरा सबैको चासोको विषय हो।
स्वास्थ्यमा निर्भर:
हिँड्नु र दौडनु दुबै हाम्रो स्वास्थ्यमा निर्भर हुन्छ। यी दुवै गतिविधि राम्रो मानिन्छ। हिँड्नु र दौडनुमध्ये कुन चाहिँ राम्रो हो भन्ने कुरा हाम्रो स्वास्थ्यमा निर्भर हुने कुरा हो। यदि हामी आफ्नो वजन घटाउन चाहन्छौं भने दौडनु ठिकमात्र होइन, फाइदाजनक पनि हुन्छ। तर, यदि हामी फिट रहन चाहन्छौं भने हिँड्नु नै उचित हुन्छ। एउटा हेल्थ रिपोर्टका अनुसार तिव्रताका साथ हिँड्नाले हाई कोलेस्ट्रल, हाई ब्लड प्रेशर र डाइबिटीजको खतरा कम हुन्छ। यसबाहेक पेटसंग सम्बन्धि रोग जस्तै कब्जियतमा पनि राहत प्राप्त हुन्छ।
किन हिड्नु पर्छ?
एउटा रिपोर्ट अुनुसार हिड्नाले मुटुसंग सम्बन्धित रोगको खतरा कम हुन्छ। यसबाहेक हिडनाले स्ट्रेस लेवल कम हुन्छ र तनाव टाढा हुन्छ। हिड्दा हामीले ताजा महसुस गर्न सक्छौं। पेटको बोसो कम गर्नका लागि पनि हिड्नु नै राम्रो उपाय हो।
किन दौडने?
यदि हामी दिनभरी बसेर काम गर्छौं भने हामी जस्ता व्यक्तिले दौडनु पर्छ। लगातार बसिरहँदा पेटको बोसो बढ्छ। पेटको बोसो कम गर्नका लागि दिनहुँ बिहान दौड्नु आवश्यक छ। मोटोपन कम गर्नका लागि सबैभन्दा सजिलो तरिका दौडनु हो। दौडनाले क्यालोरी बर्न हुन्छ, जसले वजन कम हुन्छ। दौडदा खुट्टाको मांसपेशि बलियो हुन्छ।