एजेन्सी– मिर्गौलाको काम भनेको शरीरको सरसफाई गर्नु हो। त्यसैले यसलाई स्वस्थ राख्न एकदमै जरुरी हुन्छ।
किनकी मिर्गौलाले राम्रोसँग काम गरेन भने रगत पनि खराब हुन थाल्छ। मिर्गौलासम्बन्धि कुनै समस्या छ भने केही खानेकुराबाट पनि बच्नुपर्छ। यसैबारे जानौं।
केरा:
तपाईंलाई पहिलेदेखि नै मिर्गौलाको समस्या छ भने केराको सेवन नगर्नुहोस्। यसमा पाइने पोटाशियमको उच्च मात्राले मिर्गौलाको फिल्टरलाई खराब गर्न सक्छ।
चिकेन:
चिकेनमा पोटाशियमका साथै उच्च प्रोटिन हुन्छ। यो खानाले पनि मिर्गौलाको समस्या बढ्न सक्छ। त्यसैले सामान्य रुपमा पनि चिकेन सन्तुलित मात्रामै खानुपर्छ।
आलु:
आलुमा एकदमै धेरै पोटाशियम हुन्छ जसले मिर्गौलाको फिल्टरलाई नोक्सान पुर्याउन सक्छ। त्यसैले आलु सीमित मात्रामा खानुपर्छ।
दही:
मिर्गौला सम्बन्धी रोग भएका व्यक्तिका लागि दहीको सेवन पनि नोक्सानदायक हुन सक्छ। यसमा पाइने प्रोटिन, क्याल्सियम, भिटामिन्स जस्ता पोषक तत्वले मिर्गौलालाई खराब गर्न सक्छ।
टमाटर:
टमाटरमा उच्च मात्रामा पोटाशियम पाइन्छ । यो खाँदा पनि मिर्गौलाको फिल्टरलाई प्रभावित गर्दछ।
नुन:
मिर्गौलामा समस्या हुँदा नुन धेरै खानु पनि हानिकारक हुन्छ । यसले रक्तचाप बढाउनुका साथै मिर्गौलामा पनि असर गर्दछ।
गुलिया पेय पदार्थ:
विभिन्न किसिमका पेय पदार्थ जसमा अत्यधिक सोडा, चिनी प्रयोग गरेर बनाइएको हुन्छ, त्यस्ता चीजको सेवन गर्नु पनि मिर्गौलाका लागि एकदमै धेरै हानिकारक हुन्छ।