चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 166 of 1165
  • 2026-11-27
  • 17:03:33
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

आज प्रतिनिधि सभाको बैठक बस्दै, के छन् कार्यसूची ?

काठमाडौँ– आज (बिहीवार) बिहान ११ बजे संघीय संसद्, प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्व सदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ। बिहान ११ बजेका लागि तय भएको समितिको बैठकमा ‘संघीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ।

News by आज प्रतिनिधि सभाको बैठक बस्दै, के छन् कार्यसूची ? :