९ विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति - Chaitanya News
  • 2026-07-29
  • 18:38:49
  • बुधबार,साउन १३, २०८३
  • ९ विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

    ९ विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

    काठमाडौँ– सरकारले विभिन्न विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक,सङ्क्रामक रोग तथा पशु ऐन सम्बन्धी विधेयक पेस गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

    त्यस्तै, बैठकले राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक,मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियन्त्रण सम्बन्धी विधेयक,आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मेलमिलाप सम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक,कर्मचारी सञ्चय कोष ऐन पनि संसद्मा पेस गर्न स्वीकृति दिएको हो।