काठमाडौँ– लगातार दिइ दिनदेखि घटेको सेयर बजार आज (बुधबार) पनि घटेको छ। साताको तेस्रो दिन बजार परिसूचक ७.७९ अङ्क घटेर २६८८.८८ को विन्दुमा झरेको हो। आज बजारमा ४ अर्ब २ करोडको कारोबार भयो।
आज ७८ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ११ को स्थिर रह्यो। सबै समूहगत अन्य समूह र न्युचुअल फण्ड समूह बाहेक सबैमा गिरावट देखियो। सबै समूहमा एक प्रतिशतभन्दा कम उचारचढाव देखिएको छ।
बजारमा आज एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढेको छ। दोस्रो धेरै बढ्नेमा स्नो रिभर्सको ४.९० रहेको छ। आज सबैभन्दा धेरै मातृभूमि लघुवित्त ४.५४, कर्पोरेट डेभलपमेन्ट बैंक ४२ तथा शुभम् पावर ४.२६ प्रतिशत गिरावट आएको छ।
आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रोपावर, रिलायन्स स्पिनङि मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स तथा रिडी पावर छन्।