मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक - Chaitanya News
  • 2026-07-29
  • 18:41:57
  • बुधबार,साउन १३, २०८३
  • मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले केही महत्त्वपूर्ण निर्णय गरेको छ।

    तर सुनसरीमा घटेको घटनालाई लिएर सरकारले के निर्णय गर्‍यो भन्नेबारे केही खुलाइएको छैन। घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको घोषणा गर्ने अपेक्षा गरिएपनि सरकारले उक्त विषयमा कुनै औपचारिक जानकारी सार्वजनिक नगरेको हो।

    बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेलगत्तै सुनसरी घटनाका सम्बन्धमा प्रश्न गरेपनि उनले केही जवाफ दिएनन्।

    पत्रकारहरूले सरकारले सुनसरी घटनाबारे प्रश्न गरेपनि प्रवक्ता पोखरेल कुनै जवाफ नदिई ुआजलाई यति नै भन्दै बाहिरिएका थिए।