चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 401 of 1165
  • 2026-11-29
  • 08:40:40
  • आइतबार,मंसिर १४, २०८३

About Author

प्रतिनिधि सभा निर्वाचनः करिब ६० प्रतिशत मतदान

काठमाडौँ– प्रतिनिधिसभा सदस्य चयनका लागि देशभर सञ्चालन गरिएको मतदानमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। निर्वाचन आयोग का कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले देशव्यापी मतदानको प्रारम्भिक आकलन अनुसार करिब ६० प्रतिशत मतदाताले मतदान प्रक्रियामा सहभागिता जनाएको जानकारी दिएका छन्। उनका अनुसार विस्तृत तथ्यांक संकलन गर्ने काम अझै जारी छ। आयोगले मतदान समग्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जनाएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो, सोही समयावधिमा देशभरका मतदान केन्द्रहरूमा मतदाताले मतदान गरेका थिए।

News by प्रतिनिधि सभा निर्वाचनः करिब ६० प्रतिशत मतदान :