चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 804 of 1153
  • 2026-11-23
  • 01:03:24
  • आइतबार,मंसिर ०७, २०८३

About Author

देशभर बढ्दो तापक्रम कहिले घट्ला?

काठमाडौं- नेपालमा पछिल्लो केही दिन यता लगातार गर्मी बढिरहेको छ। लगातार गर्मी महशुस गरिएका मध्य र पश्चिम तराईका भूभागहरूमा अझै केही दिन तापक्रम यथावत् रहने महाशाखाको भनाइ छ। वरिष्ट मौसमविद् वरूण पौडेलका अनुसार ती स्थानहरूमा तत्काल पानी पर्ने सम्भावना नरहेकाले मौसम अझै केही दिन यथावत् रहने सम्भावना छ। पूर्वी तराई र मधेश प्रदेशका पूर्वी बेल्टमा भने अब विस्तारै तापक्रम घट्न सक्ने पौडेलले जानकारी दिए। आज पनि मधेश प्रद्श लगायत पश्चिम तराईमा घाम नै लाग्ने सम्भावना छ। पहाडी भूभागमा बेलुकापख अलिअलि बादल जम्मा भएर हल्का वर्षाको सम्भावना रहेको पौडेलको भनाइ छ। बिहिबार केरला आइपुगेको मनसुनी वायु अझै नेपाल भित्रिएको छैन। स्थानीय वायु पनि सक्रिय नभएकाले वर्षाको सम्भावना नहुँदा तापक्रम हिजोअस्तीसरह नै हुने बताइएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार जनकपुर, सिमरा र भैरहवामा तापक्रम ४२ डिग्रीभन्दा बढी मापन गरिएको थियो। त्यस्तै नेपालगञ्जमा ४१.५, विरेन्द्रनगरमा ३९.४, दिपायलमा ३९.४ डिग्री मापन भएको थियो। ती स्थानहरूमा तापक्रम घट्न अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ।

News by देशभर बढ्दो तापक्रम कहिले घट्ला? :