चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 214 of 1153
  • 2026-11-22
  • 14:10:33
  • आइतबार,मंसिर ०७, २०८३

About Author

रास्वपा महाधिवेशनः केन्द्रीय सदस्य पदका लागि भएको मतदान सकियो

काठमाडौं– रास्वपा केन्द्रीय सदस्य पदका लागि भएको मतदान सकिएको छ। आज बिहानबाट भएको मतदान केहीबेरअघि सम्पन्न भएको हो। रास्वपाले पहिलो चरणमा केन्द्रीय सदस्यहरूको मतदान गरेको थियो। नेता गणेश पराजुलीका अनुसार, निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको आकलन गरिएको छ। गत ७ असारदेखि रास्वपाको महाधिवेशन जारी छ। चितवनको भरतपुरमा भएको महाधिवेशन अन्तर्गत सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। विधान अनुसार, रास्वपामा १५८ जना केन्द्रीय सदस्य रहनेछन्। जसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापति रवि लामिछानेले मनोनीत गर्नेछन्। त्यस्तै, ७ प्रदेशका सभापतिहरू स्वतस् केन्द्रीय सदस्य हुनेछन्। केहीबेरपछि पदाधिकारीको निर्वाचन प्रक्रिया अघि बढ्नेछ। मतदान सकिएको करिब २ घण्टामा नतिजा आइसक्ने बताइएको छ।  

News by रास्वपा महाधिवेशनः केन्द्रीय सदस्य पदका लागि भएको मतदान सकियो :