समूह ‘ए’को विजेता मेक्सि - Chaitanya News
  • 2026-06-25
  • 11:01:40
  • बिहिबार,आषाढ ११, २०८३
  • काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत लिग चरणमा समूह ‘ए’को विजेता मेक्सिको बनेको छ। आज (बिहीबार) सम्पन्न खेलमा चेक रिपब्लिकलाई ३–० गोलअन्तरले हराउँदै मेक्सिकोले समूह विजेता बनेको हो।

    मेक्सिकोको ३ खेलमा शतप्रतिशत जित निकाल्दै ९ अंक जोडेको छ।

    मेक्सिकोसँग पराजित भएको चेक रिपब्लिक तीन खेलमा एक बराबरी र दुई हार बेहोर्दै अंक तालिकाको पुछारमा रह्यो।

    अर्को खेलमा दक्षिण कोरियासँग १–० गोल अन्तरले जित निकाल्दै दक्षिण अफ्रिका समूह ‘ए’को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।